काठमाडौं– सत्तारुढ नेकपा माओवादीको भागबन्डामा परेको संघीय मामिला तथा सामान्य मन्त्रालय पाएको जनमत पार्टी चार महिनापछि आजदेखि सरकारमा सहभागी हुँदै छ। सामान्य प्रशासनमन्त्रीको जिम्मेवारी पाएकी साहलाई आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवासमा सपथ खुवाउन लागिएको हो।
साहलाई बिहान १० बजे राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको सपथ खुवाउनेछन्। माओवादी केन्द्र को आइतबार बेलुका बसेको पदाधिकारी बैठकले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो। मोदीलाई फिर्ता बोलाएपछि साहलाई सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बताइन्।
जनमतले एक महिनाअघि नै प्रधानमन्त्रीलाई मन्त्री बनाउन नाम पठाए पनि आइतबार मात्र यसबारे निर्णय गरिएको हो। गत चैतमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारबाट बाहिरिएको जनमत चार महिनापछि पुनः सरकारमा सहभागी भएको हो।


