२०८३ कार्तिक १३ गते बिहिबार

सप्तकोसीका ५६ वटै ढोका खोलिए, कर्णाली र नारायणीमा पनि जल सतहले नाघ्यो खतराको संकेत

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, साउन २९
saptakoshi river

काठमाडौं– लगातरको झरीका कारण सप्तकोसी, कर्णाली र नारायणी नदीमा पानीको बहाव यो वर्षकै उच्च मापन गरिएको छ। आज बिहान बिहान मापनअनुसार सप्तकोसी नदीमा पानीको बहाव ४ लाख ६२ हजार ३४५ क्युसेक पुगेकाले सर्वसाधारणलाई सतर्क रहन सुनसरी प्रशासनले आग्रह गरेको छ। पानी बहाव बढेपछि कोसी ब्यारेजका सबै ५६ वटौ ढोका खोलिएको सुनसरी प्रहरीले जनाएको छ।

यस्तै, नारायणी नदीको जल सतह पनि सतर्कता तह माथि पुगेको चितवन प्रशासनले बताएको छ। आज बिहान ५ः५१ बजेसम्म नारायणीले सतर्कता तह पार गरेको हो। नारायणी नदीले आइतबार राती ९ः३० बजे सतर्कता तह पार गरेको थियो। मौसम विभागका अनुसार अहिले नदीको जल सतह देवघाटमा सात दशमलव सात मिटर र नारायणी पुल नारायणगढमा ११ दशमलव १५ मिटर छ।

देवघाटमा सात दशमलव तीन मिटर र नारायणगढमा ११ मिटरलाई सतर्कता तह मानिन्छ। नदीमा यसअघि गत २३ असारमा पानीको सतह सात दशमलव ४२ मिटर पुगेको थियो। चितवनमा अहिले पानी पर्न रोकिएको भए पनि अन्य क्षेत्रमा वर्षा भइरहेको छ। नदीमा पानीको सतह निरन्तर बढ्दै गएपछि चितवन र नवलपरासीको नारायणी नदी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित रहन आग्रह गरिएको छ।

यसैगरी निरन्तर वर्षा जारी रहेपछि कर्णाली नदीमा पानीको बहाव बढ्दै गएको छ। चिसापानी जलमापन केन्द्रका अनुसार कर्णाली नदीमा पानीको बहाव आज बिहान ५ः५० बजेको मापनअनुसार पानीको सतह ९ मिटर ३३ सेन्टिमिटर पुगेको छ । पानीको सतह १० मिटर पुगेमा सतर्कता तह र १० मिटर आठ सेन्टिमिटर पुगेमा खतरा तह मानिन्छ। गेज रिडर पार्वती गुरुङले कर्णाली नदीमा पानीको सतह बढ्दै गएकाले सतर्कता अपनाउने आग्रह गरिन्।

जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले पछिल्लो २४ घन्टामा चिसापानीमा ६७ मिलिमिटर वर्षा मापन भएको गेजरिडर गुरुङले जानकारी दिइन्। विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियामा पछिल्लो २४ घन्टामा ३७ दशमलव दुई मिलिमिटर वर्षा मापन भएको विभागको महाकाली वेसइन फिल्ड कार्यालय अत्तरियाका मौसम विज्ञान सहायक सिंगल चौधरीले बताए।

वर्षा निरन्तर भइरहेकाले कैलालीका टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले जोखिम क्षेत्रमा ‘साइरन बजाएर’ सूचना दिन थालेका छन्। पालिकाले ‘गेज स्केल’ निर्माण गरेको छ। पानीको सतह बढ्दै गएमा नागरिक सुरक्षित रहन सहयोग पुगोस् भनी पालिकाले सत्ती पुल नजिक गेज स्केल बनाएको टीकापुर नगरपालिका वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक बलिराम चौधरीले बताए।

नदीमा पानीको बहाव बढ्दै गएपछि कटान तीव्र पारिएको टीकापुर–५ स्थित टीकापुर पार्कको सिमानामा नगरपालिकाले बिग बोल्डर हाल्न थालेको छ। नदी कटान तीव्र हुँदा पार्क र बस्ती जोखिममा परेपछि रानीजमरा कुलरिया सिँचाइ आयोजना र पालिका मिलेर बिग बोल्डर (ठूला ढुंगा) हालेर तटबन्ध थालिएको छ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा नेपालको पहाडी भू–भागको नजिक रहेको र बंगालको खाडीबाट आइरहेको जलवास्पयुक्त हावाको पनि प्रभावका कारण मुलुकभर पानी पर्ने क्रम जारी रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल देशभर पूर्णतया बदली रही सबै प्रदेशका पहाडी भू–भागका केही र बाँकी भू–भागका थोरै स्थानमा पानी परिरहेको छ।

प्रकाशित: २०८० साउन २९ गते सोमबार ०९:०१
प्रतिक्रिया

थप समाचार

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

आर्या फार्मास्युटिकल्स र नेपाल प्रिमियर लिगबीच तीनवर्षीय सहकार्य

काठमाडौँः आर्या फार्मास्युटिकल्सले नेपाल क्रिकेट संघ (क्यान) र नेपाल प्रिमियर लिग ९एनपीएल० सँग तीनवर्षीय सहकार्य गर्ने भएको छ। कम्पनीले आफ्नो स्थापनाको ३०औँ वर्षका अवसरमा एनपीएलसँग स्वास्थ्य...

वैदेशिक लगानी प्रतिबद्धता ५४ प्रतिशत घट्यो, १६ अर्ब २३ करोड मात्र

काठमाडौँः चालू आर्थिक वर्ष २०८३/०८४ को पहिलो तीन महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता ५४ प्रतिशत घटेको छ। उद्योग विभागका अनुसार साउनदेखि असोजसम्म १६ अर्ब २३ करोड रुपैयाँ...

फूल व्यवसाय बढ्दो, वार्षिक ४ अर्बको कारोबार

काठमाडौं। नेपालमा पुष्प तथा पुष्पजन्य वस्तुको वार्षिक कारोबार आर्थिक वर्ष २०८०/०८१ मा १६.६१ प्रतिशत वृद्धि भई ३ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अध्यक्ष...

चक्रवाती आँधीको प्रभावले हवाई उडान प्रभावित हुन सक्ने, सतर्कता अपनाउन प्राधिकरणको आग्रह

काठमाडौँ: चक्रवाती आँधी ‘अर्नब’ को सम्भावित प्रभावका कारण नेपालका विभिन्न प्रदेशमा वर्षा, हावाहुरी र हिमपात हुन सक्ने भन्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई उडान सुरक्षामा उच्च सतर्कता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना