काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद् अपहरण भएको बताएका छन्। सामाजिक सञ्जालमार्फत संसद अपहरणमा परेको टिप्पणी उनले गरेका हुन्।
सुन तस्करीको प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै नेकपा एमालले लगातार संसद बैठक अवरुद्ध गर्दै आएपछि लामिछानेले यस्तो प्रतिक्रिया दिएका हुन्।
उनले आफ्नो सामाजिक सञ्जालमार्फत अंग्रेजीमा लेखेका छन, ‘पारलियामेन्ट इज हाइज्याक्ड।’


