काठमाडौँ- नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा बैंकका कर्मचारी पनि पक्राउ पर्न थालेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मेडिकल डाक्टरहरूलाई पक्राउ गरिरहेका बेला जिल्ला प्रहरी परिसर काठमाडौँले बैंकका कर्मचारी पक्राउ गर्न थालेको हो।
परिसरले सोमबार सिटिजन्स बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेको छ। उनीहरू बैंकका विभिन्न शाखामा कार्यरत रहेको काठमाडौं प्रहरी प्रमुख एसएसपी दानबहादुर कार्कीले जानकारी दिए।
नक्कली प्रमाणपत्रका आधारमा बैंकका कार्यरत रहेको सूचनाका आधारमा प्रहरीले अपरेसन चलाएको बताइएको छ।
यसअघि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा ८ जना चिकित्सक पक्राउ परेका थिए।


