विराटनगर- कोशी प्रदेश सरकारले भोलि सार्वजनिक विदा दिएको छ।
प्रदेश सरकारले साउन २४ गते बुधबार विश्व आदिवासी तथा जनजाति दिवसका अवसरमा कोशी प्रदेशका जिल्लामा सार्वजनिक विदा दिएको हो।
विश्वभर आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाउने गरिएको छ।
