काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा थप १० कर्मचारी फरार भएका छन् ।
सोमबार काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बैंकका ६ जना कर्मचारीलाई पक्राउ गरेपछि थप कर्मचारी फरार भएका हुन । उनीहरू सिटिजन्स बैंकका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन् ।
उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ । फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् ।


