काठमाडौं– नेपाली कांग्रेसका नेता एंव प्रतिनिधि सभा सदस्यमा निर्वाचित सांसद चन्द्र भण्डारी अस्पताल भर्ना भएका छन्। गत फागुनमा घरमा ग्यास लिक भएर आगलागीमा परेका भण्डारी नियमित उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमा भर्ना भएका हुन्। भण्डारीको स्वास्थ्य अवस्था सामान्य रहेको र नियमित उपचारका क्रममा भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ। गत फागुन ३ गते बुद्धनगरस्थित घरमा आगलागी हुँदा आमा हरिकलासँगै भण्डारी गम्भीर घाइते भएका थिए।
घटनाको भोलिपल्ट हरिकलाको निधन भएको थियो। भण्डारीलाई भने थप उपचारको लागि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा लगिएको थियो। भण्डारीले अस्पताल भर्ना हुनुअघि सामाजिक सञ्जालमा उनले लेखेका छन्, ‘समय न हो निर्णायक, जुन कसैको हातमा छैन। कोसिस न हो, सबैलाई जस्तै जीजिविषाको चाहना मलाई पनि छ। इमान्दारिता र राष्ट्रभक्तिको भारी बोकेर ढल्दै छ मेरो शरीर उपचार शैय्यामा केही समयमा।’


