काठमाडौँ– क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडितकी आमाको जन्ममिति यकिन गर्न अदालतले आदेश दिएको छ।
काठमाडौँ जिल्ला अदालतका न्यायाधीश राजुकुमार खतिवडाको एकल इजलासले पीडितकी आमाको जन्ममिति यकिन गर्न आदेश जारी गरेको हो।
पीडित नाबालिग भएको वा नभएको भन्ने यकिन नभएपछि अदालतले पीडितकी आमाको जन्ममिति यकिन गरी झिकाउन आदेश जारी गरेको हो।
गत वर्ष भदौ २१ गते एक जना किशोरीले आफूमाथि जबरजस्ती करणी गरेको भन्दै गौशाला प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन्।
सन्दीपविरुद्धको मुद्दा चाँडो किनारा लगाउन सर्वोच्चले आदेश जारी गरेपनि एक वर्ष बित्न लाग्दासमेत मुद्दामा नियमित सुनुवाइ हुन सकेको छैन।


