काठमाडौँ- नेपालका लागि नियुक्त भएका दुई देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन्।
बेलायती राजदूत रोबर्ट डोमिनिक रसेल फेन र भियतनामका गैरआवासीय राजदूत गुएन थान हले ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।
बुधबार दिउँसो शीतलनिवास पुगी दुवै जनाले राष्ट्रपति पौडेलसमक्ष ओहोदाको प्रमाणपत्र पेस गरेका हुन्।


