बझाङ– बझाङको खिराताडी केन्द्रबिन्दु भएर भूकम्प गएको छ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार बिहीबार बेलुका ९ बजेर १३ मिनेटमा बझाङको खिराताडी आसपास केन्द्रबिन्दु भएर ३.९ रेक्टर स्केलको भूकम्प गएको हो।
यसअघि गत ३ साउन बिहान ९ बजेर ५३ मिनेटमा कास्कीको मिर्सा आसपास केन्द्रबिन्दु भएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।–रासस


