काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले १० हजार ८०० मेगावाट क्षमताको कर्णाली-चिसापानी बहुआयामिक जलविद्युत आयोजना छिट्टै अघि बढाउन लागिएको बताएका छन् ।
सरकारले उक्त जलविद्युत आयोजना अघि बढाउन प्रारम्भिक प्रक्रिया अघि बढिरहेको उनले बताए । आफुले मेगा हाइड्रो परियोजना निर्माणमा आवश्यक निर्देशन समेत दिएको उनले बताए ।
परियोजना अघि बढाउन उर्जा मन्त्रालय, अर्थमन्त्रालय र विद्युत प्राधिकरणले आवश्यक प्रक्रिया अघि बढाउने उनले बताए । ग्रीन हाइड्रोजन सम्वन्धि ऐन छिट्टै ल्याउने उनले प्रतिवद्दता व्यक्त गरे ।


