काठमाडौं–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कर्मचारी भनेको स्थायी सरकार भएकोले स्थायी सरकार सशक्त बन्नु पर्ने बताएका छन्।
नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशन उद्घाटन गर्दै उनले उनले देशलाई समृद्धि र विकासतर्फ अघि बढाउन आवश्यक भएको पनि बताएका हुन्। देउवाले कर्मचारी युनियन, सामाजिक संगठन, राजनीतिक पार्टीका संगठनहरुलाई चलायमान बनाउँदै देशलाई समृद्धि र विकासतर्फ अघि बढाउनुपर्ने बताए।
‘पार्टीको नाम जे राखेपनि सबैले संविधानलाई पालना गर्नुभएको छ । संविधानअनुसार पार्टी चलेका छन्। भोलिका दिनमा ध्यान दिनुपर्ने कुरा के छ भने कर्मचारी युनियन भयो, सामाजिक संगठन, राजनीतिक पार्टी संगठनहरु चलायमान बनाउनुपर्छ । अर्को भनेको देशलाई समृद्धितर्फ, विकासतर्फ बढाउनुपर्छ,’ उनले भने।


