काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पृथ्वीनारायण शाहको शालिक हटाउँदा गौरव गर्ने जनप्रतिनिधिहरु रहेको टिप्पणी गरेका छन्।
शुक्रबार भक्तपुरमा आयोजित राप्रपाको चाँंगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै लिङ्देनले देशको अवस्था जनप्रतिनिधिको रवैयाको कारण नै छर्लङ्ग हुँदै गएको बताएका हुन्।
उनले भने, ‘गाई–गोरु काटेर भोज भतेर खाएर भिडियोमा देखाएर प्रचार गरिरहेका छन्। पृथ्वी नारायण शाहको शालिक हटाउन जनप्रतिनिधिहरु गौरव गरिरहेका छन्। देश अवस्था के छ भन्ने यसैले देखाउछ।’
उनले राप्रपा रहेन भने कसले यो हिन्दू राष्ट्रको मुद्धा बोकेर हिड्छ? कसले संघीयता खारेजी र राजसंस्था पूनसथापनाको मुद्धा कसले बोक्छ? भन्दै प्रश्न समेत गरेका छन्।
उनले राप्रपा फुटाउने सोच कसैले राखेको भए बौलाउने र श्राप लाग्ने बताए। ‘यदि कसैले राप्रपा फुटाउने गुट बनाउने कल्पाना मात्रै पनि गर्छ भने त्यो बौलाउँछ। त्यसलाई जनता र कार्यकर्ताको श्राप लाग्छ,’ उनले भने। लिङ्देनले कसैलाई हार्ने, मर्ने र पछि हट्ने छुट नभएको भन्दै जसरी पनि अगाडी बढ्नुपर्ने बताए।


