काठमाडौँ- त्रिशूली नदीमा हामफाल्नका लागि पुलमा झुन्डिएका एक व्यक्तिको उद्धार भएको छ। चितवन र तनहुँ जोड्ने मुग्लिन पुलमा सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।
शनिबार बिहान धादिङको नीलकण्ठ नगरपालिका-६ बस्ने ४५ वर्षीय कृष्ण परियार पुलमा पुगेका थिए। उनी पुलबाट त्रिशूली नदीमा हामफाल्न लागेको खबर पाएपछि ११ जनाको प्रहरीको उद्धार टोली खटिएको थियो।
परियारले किन हाम फाल्न लागेका थिए भन्ने नखुलेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।


