२०८३ कार्तिक ११ गते मङ्गलबार

पोर्चुगलमा ४ तलामाथिबाट हाम्फालेका नेपाली युवाको मृत्यु, सुतेकै ठाउँमा अर्का एकको पनि निधन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
lisbon
पोर्चुगलको राजधानी लिस्बनको तस्बिर।

लिस्बन (पोर्चुगल)- युरोपेली मुलुक पोर्चुगलमा दुई दिनमा दुई नेपाली युवाको निधन भएको छ। एक युवाले चार तलामाथिबाट हामफालेर आत्महत्या गरेका छन् भने अर्का नेपाली युवाको राति सुतेकै अवस्थामा निधन भएको छ।

राजधानी लिस्बनस्थित सेतेरियोस बस्दै आएका झापाको गौरादह नगरपालिका–३ का ३१ वर्षीय अजय थापाले बिहीबार साँझ चार तलामाथि घरको झ्यालबाट हामफालेर आत्महत्या गरेको गैरआवासीय नेपाली सङ्घ पोर्चुगलका अध्यक्ष उमेश खड्काले जानकारी दिए। थापाले के कारणले हामफालेर आत्महत्या गरेका हुन् भन्ने विषय भने खुलिनसकेको अध्यक्ष खड्काले बताए।

वैदेशिक रोजगारीका सिलसिलामा ६ वर्षअघि पोर्चुगल आएका थापा पछिल्लो समय खाना डेलिभरी गर्ने कम्पनी उबर इटमा काम गर्दै आएका थिए। परिवारसहित पोर्चुगल बस्दै आएका थापाको शव परीक्षणका लागि लिस्बनस्थित एक अस्पतालको शवगृहमा राखिएको उनले बताए।

यस्तै वैदेशिक रोजगारीका सिलसिलामा ५ वर्षअघि पोर्चुगल आएका बागलुङ जिल्ला बडिगाड गाँउपालिका–१ का २८ वर्षीय टेकबहादुर दर्लामीमगरको सुतेकै अवस्थामा मृत्यु भएको छ। बेजास्थित जम्बुजिरा बस्दै आएका दर्लामीमगरको बुधबार राति सुतेकै अवस्थामा निधन भएको सङ्घका अध्यक्ष खड्काले जानकारी दिए।

खड्काका अनुसार राति खाना खाएर सुतेका उनी बिहान नउठेपछि उनका साथीहरू उठाउन जाँदा दर्लामीमगर ओछ्यानमै मृतावस्थामा भेटिएका थिए। सकुशल सुतेका साथी मृत भेटिएपछि उनीहरूले तत्काल प्रहरीलाई खबर गरेका थिए। मृतक दर्लामीमगर त्यहाँस्थित मारभिल्ला नामक कृषि कम्पनीमा कार्यरत थिए। उनको शव परीक्षणका लागि बेजा अस्पतालको शवगृहमा राखिएको उनले बताए। दर्लामीमगरको वृद्ध बुवाआमा र श्रीमती नेपालमा रहेका छन्।

निधन भएका दुवै नेपालीको शव नेपाल पठाउन मृतकका परिवारले आग्रह गरेका कारण सो विषयमा छलफल र आवश्यक तयारी भइरहेको खड्काले बताए।

प्रकाशित: २०८० भदौ २ गते शनिवार ०८:५७
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना