काठमाडौँ– प्रतिनिधि सभाको आज बस्ने भनिएको स्थगित भएको छ । बैठक दिउँसो १ बजेका लागि बोलाइएको थियो । तर, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा अवरोध गर्ने बताएपछि बैठक भदौ ५ गते ३ बजे बस्ने गरी स्थगित गरिएको हो ।
नेकपा एमालेले सुन प्रकरणको छानबिन गर्न समिति गठन गर्नुपर्ने माग राख्दै संसद् अवरुद्ध गर्दै आएको छ ।


