काठमाडौँ- कागेश्वरी मनोहरा–१ मा नेपाल राष्ट्रिय भूतपूर्व सैनिक तथा प्रहरी संगठनले वृक्षरोपण कार्यक्रम गरेको छ। शनिबार कागेश्वरी धाम र वरपीपल उद्यानमा संगठनले वृक्षरोपण कार्यक्रममा गरेको हो।
संगठनले वर, अमला, अम्बा, ज्याकारन्डा, धूपी, कपूर, समीलगायत बिरुवा रोपेको छ। नेकपा एमालेका पोलिटब्यूरो सदस्य कृष्ण राईले वृक्षरोपण कार्यमा सहभागी गराएकोमा संगठनलाई धन्यवाद दिए।
एमाले पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री रामेश्वर फुँयालले देश विकासका लागि भूतपूर्व सैनिकको महत्वपूर्ण भूमिका रहेको बताउँदै वृक्षरोपण कार्यले पर्यावरण बचाउन योगदान गर्ने उल्लेख गरे।
संगठनका उपाध्यक्ष रवीन्द्र पण्डितले वृक्षरोपण मानव जीवनसँग प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै अन्य क्षेत्रमा पनि वृक्षरोपण कार्यक्रमलाई निरन्तरता दिने बताए।
वडासदस्य प्रेमकुमार लामाले बोलेरभन्दा पनि काम गरेर देखाउने बताए। कार्यक्रममा मणिराम फुयाल र रामचन्द्र ढुंगानालगायत नेताको उपस्थिति रहेको थियो।


