काठमाडौँ- बारा जिल्लाबाट एक जना बालबालिका चोर पक्राउ परेका छन्। चोरिएका दुई बच्चाहरूसहित एक जना भारतीय पक्राउ परेका हुन्। उनलाई बाराको देवताल गाउँपालिका-३ अमुवाबाट आइतबार सशस्त्र प्रहरीले एक जनालाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको पूर्वीचम्पारण मूर्तिया ग्रामपञ्चायत-४ आधारपुर घर भएका २२ वर्षीय ताबरेज आलम छन्। उनलाई बिओपी दक्षिणझिट्कैयाले नियन्त्रणमा लिएको हो।
उनले बारा जिल्ला देवताल गाउँपालिका-३ नन्की अमुवाका शिवपुजन महतोकी ९ महिनाकी छोरी र प्रेमचन्द महतोका दुई वर्षीय छोरालाई चोरी गरेका थिए। दुवै बच्चालाई बोरामा हालेर भारततर्फ लैजाँदै गरेको अवस्थामा भारतीय बच्चा चोर पक्राउ परेका हुन्।
उद्धार गरिएका बच्चाहरूलाई अभिभावकको जिम्मा लगाइएको छ। आलममाथि थप अनुसन्धानका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ।
