काठमाडौं– नेपाली कांग्रेसले संगठन सदृढीकरण अन्तर्गतको दोस्ररो चरणको अभियान तत्काललाई रोक्ने निर्णय गरेको छ। मंगलबार सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले दोस्रो चरणको अभियान स्थगित गर्ने निर्णय गरेको हो।
सह–महामन्त्री बद्री पाण्डेका अनुसार वर्षायाम भएका कारणले अभियान स्थगित गर्ने निर्णय गरिएको हो। कांग्रेस केन्द्रीय समितिको बैठकले भदौ १० देखि २४ सम्मका लागि नागरिक र समुदायसँग प्रत्यक्ष जोडिने गरि अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो। बैठकले १५ भित्र भ्रातृ संस्थालाई पूर्णता दिने र विभाग गठन गर्ने निर्णय समेत गरेको छ।


