२०८३ कार्तिक १४ गते शुक्रबार

सूचना टाँगेर स्थगित नभए प्रतिनिधिसभा बैठक बस्ने कार्यसूची

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, भदौ ६
samsad -04

काठमाडौं– सोमबार बेलुकी सुन तस्करी प्रकरण छानबिनका लागि उच्चस्तरीय समिति गठन गर्न तीन सदस्यीय कार्यदल निर्माण गर्ने सहमति प्रतिपक्षी एमालेसँग भएपछि मंगलबार खुल्ने भनिएको प्रतिनिधिसभा बैठक बस्दै नबसी सूचना टाँसेर स्थगित गरियो।

१० साउनदेखि मुख्य प्रतिपक्षी एमालेबाट अवरुद्ध हुँदै आएको संसद् बैठक हिजो दिउँसो ३ बजे संसद् सचिवालयले बस्ने भनेर सूचना निकाले पनि दलहरुबीच उच्चस्तरीय समिति गठनको मस्यौदामा हस्ताक्षर गर्न एमाले अध्यक्ष केपी ओली नआएपछि बैठक बस्दै नबसी स्थगित भएको हो। हिजो सूचना टाँगेर स्थगित प्रतिनिधिसभा बैठक आज पनि बस्ने कार्यसूची संसद् सचिवालयले सार्वजनिक गरेको छ।

दिउँसो ३ बजेका लागि बोलाइएको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिको कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरणसम्बन्धी पत्रबारे सदनलाई जानकारी गराउने सम्भावित कार्यसूची छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्र तथा विषयगत समितिमा सदस्य हेरफेरबारे जानकारी गराउनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।

१० साउनयता अवरुद्ध सदनलाई सुचारु गराउने विषयमा दलहरू सहमति नजिक पुगेकाले आजको संसद् बैठक खुल्ने भनिए पनि शंका यथावत छ। संसद् सचिवालयले बैठक प्रभावित हुँदै आएकाले पुरानै कार्यसूचीलाई निरन्तरता दिँदै आएको छ। छानबिन आयोग गठनको विषयमा शीर्ष नेताहरूबीच सहमतिपत्रमा मंगलबार हस्ताक्षर नभएपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको हो।

मंगलबार विशेष कारणवश बैठक बस्न नसकेको भनेर सभामुखले प्रतिनिधिसभा नियमावली, २०७९ को नियम ६ (३) बमोजिम बैठक बुधबार दिउँसो ३ बजेसम्मका लागि बैठक स्थगित गरेको जानकारी संघीय संसद्का महासचिव भरतराज गौतमले दिएका थिए। आयोग गठनको मस्यौदा तयार गरी मंगलबार दिउँसो शीर्ष नेताहरूले छलफलपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने तयारी थियो। तर, प्रधानन्यायधीश विश्वम्भरप्रसाद श्रेष्ठको सपथका कारण मंगलबार शीर्ष नेताहरूको बैठक बस्न नसक्ने भएपछि सहमतिपत्रमा हस्ताक्षर रोकिएको हो।

एमाले प्रमुख सचेतक पदम गिरीले आज बिहान ११ बजे शीर्ष नेताहरूको बैठक बस्ने र सहमतिपत्रमा हस्ताक्षर हुने जानकारी दिए। सोमबारको सहमतिबमोजिम एमाले उपाध्यक्ष सुवास नेम्बाङ, कांग्रेस प्रमुख सचेतक रमेश लेखक र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले उच्चस्तरीय आयोग गठनको मस्यौदा तयार गरिसकेका छन्।

मस्यौदालाई अन्तिम रुप दिएर प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीले हस्ताक्षर गरेपछि सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति गठन प्रक्रिया अगाडि बढाउन दलहरुबीच सहमति जुटिसकेको छ।

प्रकाशित: २०८० भदौ ६ गते बुधबार ०८:२७
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना