काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीलाई पितृशोक परेको छ। मन्त्री किरातीका बुबा हर्कबहादुर राईको ७६ वर्षको उमेरमा आज बिहान वीर अस्पतालमा निधन भएको किरातीको सचिवालयले जनाएको छ।
मन्त्री किरातीका बुबा लामो समयदेखि अस्वस्थ भई उपचाररत थिए। उनले आफ्ना पिताप्रति सामाजिक सञ्जालमार्फत श्रद्धाञ्जली व्यक्त गरेका छन्।
मन्त्री किरातीका बुबाको पार्थिव शरीर आजै पुख्र्यौली घर भोजपुरको ओख्रेगाउँ लैजाने तयारी भइरहेको उनको निजी सचिवालयले जनाएको छ।


