काठमाडौँ- काठमाडौंबाट म्याग्दीको बेनीका लागि छुटेको बस त्रिशुली नदीमा खस्दा ८ जनाको मृत्य भएको छ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका-१ छहराबाट यात्रुबाहक बस त्रिशूली नदीमा खस्दा उनीहरुको मृत्यु भएको हो।
धादिङका जिल्ला प्रहरी प्रमुख एसपी गौतम मिश्रले दुर्घटनामा परी ८ जनाको मृत्यु भएको बताए। उनका अनुसार घटनामा २० जना घाइते भएका छन्। उनीहरुलाई उद्धार गरी अस्पताल लगिएको छ।
बसको आधा भाग पानीमा डुबेको अवस्थामा छ। घटनाबारे थप विवरण प्राप्त हुन बाँकी छ।


