काठमाडौं– हिमालयन आर्ट फेस्टिभल हुने भएको छ । आउँदो भदौं ७ गतेदेखि १३ गतेसम्म नेपालकै सबैभन्दा स्तरीय र बृहतकला प्रदर्शनी नेपाल आर्ट काउन्सिलमा हुने भएको हो । हिमालयन आर्ट फेस्टिभल नाम दिइएको उक्तप्रदर्शनी ई–आर्टस् नेपालले सन् २०१७ देखि निरन्तररुपमा हरेक वर्ष नेपालीहरुको महान् चाड दर्शैको अवसर पारेर आयोजना गर्दै आइरहेको छ ।
ई–आर्टस् नेपालका सह—संस्थापक आशा डङ्गोल हिमालयन आर्ट फेस्टिभलको विषयमा यसरी बताउँछन, ‘दशैंमा धेरै मेलाहरुको आयोजनाभइरहेको हुन्छ । नेपालीकलाको कमिथियो, त्यहिअवस्थालाई मनन् गर्दै नेपालीकलाकारहरुको समकालिनअवस्था र प्रोत्सानका साथ सन् २०१७ देखि यो फेस्टिभलको आयोजनागर्दै आइरहेकाछाँै ।’
नेपाली कला कृति नेपालीहरुकै घरमा सजिउन् भन्ने उद्देश्य पनि यस प्रदर्शनीले बोकेको कुरा कलाकार डंगोल बताउछन । पहिला पहिला नेपाली कला कृति किन्न गाह्रो हुन्छ भन्ने थियो, तर अहिले आकर्षक मूल्यमा मध्यम वर्गिय परिवारलाई लक्षित गरी यस कला प्रर्दशनी गर्न लागिएको हो । करिब ८० भन्दा बढी कलाकारहरुले आप्mनो कला प्रदर्शनीमा राखेका छन् ।
नेपाली कलाकारहरुको कलाको स्तर मापनको लागि समेत यस प्रदर्शनीले महत्वपूर्ण भूमिका खेल्ने कुरा समेत सहभागी कलाकारहरु बताउँछन । किनकी यस प्रदर्शनीमा नेपालका कला क्षेत्र कुन ठाउँमाछ भनेर बुझ्न समेत यस प्रदर्शनीले मदत गर्दछ । कलाको विकासलाई हेर्ने आधार समेत यसले तय गर्न सक्छ ।
सन् २०१७ मा समसामयिक चित्रकलार मूर्तिहरुबाट शुरु गरिएको यस फेस्टिभलमा जम्मा ५० जना कलाकारहरुले भाग लिएका थिए । त्यसपछि २०१८ देखि काठमाडौं उपत्यकामा रहेका कलाकारहरुका विभिन्न संस्थाहरुसँग कुराकानी गरेर उनीहरुको सहयोग लिँदै थप कलाकारहरु थप्दै गएको कलाकार डंगोल बताउन ।


