काठमाडौं । गृह मन्त्रालयअन्र्तगतको अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी मन्त्रालयमा तानिएका छन । सुन तस्करीमा चिनियाँ नागरिक दावा छिरिङसँग बार्गेनिङ गरेको भन्दै प्रश्न उठेपछि अधिकारीलाई मन्त्रालय तानिएको मन्त्रालय स्रोतले बताएको छ ।
अधिकारी र दावाबीच चिनियाँ सामाजिक सन्जाल वी–च्याटमा कुराकानी भएको सार्वजनिक भएको थियो । त्यस्तै, र कागजात नपुगेको भन्दै खाडी जान खोजेका कामदारहरुलाई विमानस्थलबाटै फिर्ता गरेको उनको चर्को आलोचना समेत भएको थियो ।


