काठमाडौँ- कोशी प्रदेश सरकारलाई दीर्घकालीन निर्णय नगर्न सर्वोच्च अदातलले अन्तरिम आदेश दिएको छ। प्रदेशसभाको अध्यक्षता गरेका इस्माइल मन्सुरीको समेत मत पाएर विश्वासको मत पाएको घोषित भएका मुख्यमन्त्री उद्धव थापाको सरकारलाई सर्वोच्चले दीर्घकालनी निर्णय गर्न ब्रेक लगाइदिएको हो।
न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासले एक साताभित्र अध्यक्षता गर्ने व्यक्तिले मुख्यमन्त्रीलाई विश्वासको मत दिनुपर्ने कारण पेस गर्नसमेत आदेश दिएको छ। यसैगरी इजलासले मुख्यमन्त्रीको नियुक्ति, विश्वासको मतलगायतका सबै विवरण माग गर्न समेत आदेश जारी गरेको छ।
मन्सुरीले आफ्नो मतको दुरुपयोग गरेको भन्दै कोशी प्रदेश एमाले संसदीय दलका नेता हिक्मत कार्की सर्वोच्च अदालत पुगेका थिए।


