काठमाडौं- मंगलबार बिहान बालुवाटारमा मार्चपास गर्न पुगेका मिटरब्याज पीडितले दिउँसो माइतीघर मण्डलाबाट संसद् भवन नयाँ बानेश्वरतर्फ लागेको छ।
मंगलबार आन्दोलनमा ऐक्यबद्धता जनाउन राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्तासमेत रहेका सांसद ज्ञानबहादुर शाही पनि पुगेका थिए। तर ज्ञानबहादुरलाई आन्दोलनकारीले फर्काएका थिए। शाही पुग्नेबित्तिकै ‘राजतन्त्र पक्षधर चाहिँदैन’ भन्दै नाराबाजी गरेका थिए।
अहिले प्रदर्शनकारी नयाँबानेश्वरतर्फ अघि बढिसकेका छन्।












