२०८३ कार्तिक ११ गते मङ्गलबार

काठमाडौँमा यसपालि पनि आउँछ विषाक्त धुँवा?

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १४
mausam-ktm

काठमाडौं- पछिल्ला वर्षहरूमा चैतका केही दिन काठमाडौंमा बाक्लो धुँवा लाग्दथ्यो। सम्झना गर्ने हो भने चैतको दोस्रो हप्तामा मानिस बाहिर निस्कनै डराउँथे। बाहिर निस्किए पनि अनुहारको पुरा सुरक्षासाथ निस्कन्थे, कारण हुन्थ्यो काठमाडौंको धुलोधुँवा। चिकित्सकहरूले पनि बिहानको समयमा हिँडडुल नगर्न सुझाव दिन्थे।

‘कस्तो आँखै पोल्ने। वातावरण पनि आँखा चिम्म गरेर हिँड्नुजस्तै,’ बाटामा हिँड्दै गरेका मानिसले भनेको सुनिथ्यो। त्यसमाथि स्वास फेर्नै गाह्रो थियो। किनभने काठमाडौंको आकाश नै धुलाम्य थियो, त्यस्तै देखिन्थ्यो।

झाडीमा धुँवा पतपताइरहेजस्तो हप्ताभर काठमाडौंमा जमेको विषाक्त हावाले मानिसलाई बाहिर निस्कन चुनौतीपूर्ण थियो। ‘काठमाडौंको आकाशमा वायु प्रदुषण खतराको उच्च बिन्दूमा पुगेको छ। चोकचौतारीमा अनावश्यक नबस्नु होला,’ गत वर्ष चैत १४ गते स्वास्थ्य मन्त्रालयले सूचना नै जारी गरेर भनेको थियो।

वातावरण नै प्रतिकूल भएपछि उपत्यकाको अक्सिजन पनि विषाक्त नै हुने भयो। त्यतिबेला काठमाडौंको हावाको गुणस्तर सूचक औषतमा ३५३ देखि माथि ४७० एयर क्वालिटी (एक्यु)सम्म पुगेको थियो। पछि यो अवस्था अझै विकराल बन्यो। सुक्खा मौसममा ४० हजारभन्दा बढी ठाउँमा वन डढेलो लाग्दा प्रदूषणको तह ६०० सम्म पुगेको थियो। त्यति बेला नेपाल र भारतका केही विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आएको थियो। यस्तो अवस्था त स्वाथ्यका लागि धेरै घातक हुन्छ।

यस वर्षको त्यस्तो हुने सम्भावना कम रहेको मौसमविद् सञ्जीव अधिकारी बताउँछन्। ‘पोहारजस्तो प्रदुषित धुँवा आकाशमा देखिँदैन भनेर ठोकुवा गर्न त सकिँदैन। तर सम्भावना कम छ। यो वर्ष हावा विषाक्त चाहिँ देखिएको छैन। आकाश कस्तो हुने भन्ने कुरा वर्षाले पनि प्रभाव परिरहेको हुन्छ। यो सिजनमा वर्षा भएकाले पनि त्यस्तो हुने सम्भावना कम देखिएको हो,’ उनले भने।

२०७९ चैत १४ गते दिउँसो काठमाडौंको मौसम।

कुनै पनि देशको स्वास्थ्यकर वातावरण हुनका लागि हावको गुणस्तर सूचक (एक्युआई) २०० भन्दा माथि हुनु हुँदैन। एक्यूआई २०० भन्दा माथि पुगे मानिसका लागि जोखिमपूर्ण मानिन्छ।

यो वर्षको जाडोयाममा पनि वातावरण धेरै प्रदुषित रह्यो। लामो समय वर्षा भएन। यो वर्ष नेपालको हिमाली भेगमा पनि हिउँदभर हिउँ परेन। हिउँ र पानी नपरेपछि बालीनाली प्रभावित भयो।

विगतका दुई वर्षमा राजधानीलगायतका स्थानको आकाशमा धुँवा देखिनुको मुख्य कारण हावा नचल्नु र वर्षा नहुनु रहेको थियो। समयमा पानी नपरेको कारण हिउँदभर आकाशमा जमेको घुलो जस्ताको त्यस्तै थियो।

तीन महिना अघि (पुषको २० र २१)गते काठमाडौंको वायुप्रदुषण र अक्सिजनमा प्रदुषणको मात्रा ३५३ सम्म पुगेको थियो। त्यो बेलामा नेपालको वायुमण्डल स्थिर अवस्थामा भएकाले दुषित कण छरिन नपाएका कारण सतहसम्म असर कम आइपुगेको देखिएको हो। काठमाडौंको भिजिबिलिटी पनि एक किलोमिटर मात्र रहेको थियो। त्यो समयमा काठमाडौँ विश्वकै सबैभन्दा प्रदूषित सहर थियो। जबकि विश्वको दोस्रो प्रदुषित सहर बंगलादेशको राजधानी ढाका थियो।

यो वर्षको जाडोयाममा पनि वातावरण धेरै प्रदुषित रह्यो। लामो समय वर्षा भएन। यो वर्ष नेपालको हिमाली भेगमा पनि हिउँदभर हिउँ परेन। हिउँ र पानी नपरेपछि बालीनाली प्रभावित भयो।

यो वर्षको पुष मध्यतिर पनि मौसमविद्हरुले मास्क लगाएर मात्र हिँडडुल गर्नको लागि सुझाव दिएका दिए। वायु प्रदुषण १७३ रहेको अवस्थामा हानीकारक धुँवाका कणहरुको मिश्रण पनि २.५ पिएमको तह ९८ पुगेको थियो। त्यो भनेको दैनिक मापदण्डभन्दा तीन गुणा धेरै हो। मार्च २४ मा (दुई दिन अघि) विश्व तथ्यांक (वर्ड स्टाटिस्टिक्स) ले सार्वजनिक गरेको तथ्यांक अनुसार काठमाडौं विश्वकै सबैभन्दा प्रदुषित रहरको एक नम्बरमा रहेको छ। टेटोभा, फरिदाबादलगायतका सहर त्यसपछि मात्र छन्।

वातावरणविद्हरूले यसपालि पोहोरको जस्तो खराब अवस्था नभएको बताएका छन्। ‘पोहोर चाहिँ कस्तो भएको थियो भने, बाहिरबाट धुलो आएको थियो। यो वर्ष त्यस्तो हामीले देखेको छैन। पश्चिमी वायुले अलिअलि धुलो ल्याउने भन्ने भए पनि यो वर्ष चाहिँ त्यस्तो छैन। यो समयमा मौसम जस्तो हुनुपर्ने हो त्यस्तो नै, सामान्य छ,’ मौसमविद् अधिकारीले भने। अब भूमध्य सागर र क्यास्पिनयन सीबाट जलवाष्प आउने र वर्षा गराउने भएकाले हावामा धुलोका कण कम हुने उनले बताए। हावाहुरीको समयसमेत रहेकाले धुलोका कण पनि उडाएर लैजाने उनको भनाइ छ।

‘धेरै प्रदुषण हुने चाहिँ वायुमण्डल स्थिर भएमा हुन्छ। स्थिर भनेको हावाहुरी नचलेको, वर्षा नभएको समयमा सावरीले निकालेको धुँवा र उडाएको धुलो वायुमण्डलमै रहने भएर हावा प्रदुषण हुने हुन्छ। केही समय अघिसम्म चाहिँ धेरै समय पानी नपर्दा खेरी सवारीको धुलो माथि गएको थियो। धुँवाले पोलुसन निम्तिने पनि हो। तर आजभोलि यस्तो देखिँदैन,’ उनले भने, ‘अहिले बादल आइरहेको पनि छ र वायुमण्डल अस्थिर छ र यसले चाहिँ हाम्रो वातावरण सहयोगी बनाउँछ। बादल बन्ने र वर्षा हुने भइरहेको छ।’

केही दिनअघिदेखि देशभर हावाहुरी चल्न थालेको छ। यो सिजनमा सामान्य हावाहुरी नयाँ कुरा होइन। तत्कालको अनुमान हेर्ने हो भने खासै अस्वाभाविक हावाहुरी पनि आइहाल्ने अवस्था नरहेको उनले बताए। ‘अबका तीन दिनसम्म अस्वाभाविक रुपमा हावाहुरी चल्ने पूर्वानुमान गरिएको छैन,’ उनले भने।

प्रकाशित: २०७९ चैत १४ गते मङ्गलबार ०३:५०
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना