काठमाडौँ- अभिनेता सारुक ताम्राकारका बुवा सानु ताम्राकारको निधन भएको छ। जादुगरसमेत रहेका कलाकार ताम्राकारको शनिबार नर्भिक अस्पतालमा उपचाकका क्रममा निधन भएको हो।
छोराको निधनपछि सानु अस्वस्थ भएका थिए। पछिल्लो समय किड्नीमा समस्या देखिएको थियो। २८ दिनअघि उनी नर्भिकमा उपचारका लागि भर्ना भएका थिए।
छोरा सारुक बितेको ५१औँ दिनमा बाबु सानुको निधन भएको हो। अभिनेता सारुकको असार २२ गते निधन भएको थियो। उनी आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेका थिए।


