काठमाडौं– चितवनको भरतपुर महानगर–२९ गाईघाटस्थित त्रिशूली नदीमा मुख धुने क्रममा खसेर दुई जना बेपत्ता भएका छन्। वनभोज खान गएका उनीहरू शनिबार दिउँसो साढे ४ बजेतिर नदीमा बेपत्ता भएका हुन्।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजय पण्डितका अनुसार बेपत्ता हुनेमा भरतपुर महानगर–१० सप्तगण्डकी चोकका ३० वर्षीय अर्जुन प्रधान र सोही ठाउँका ३० वर्षीय प्रवीण श्रेष्ठ रहेका छन्। हाल उनीहरूको खोजी भइरहेको उनले जानकारी दिए।


