काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीमा निषेध नगरिएको दाबी गरेका छन्।
कोशी प्रदेश कमिटीको पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले उनी पार्टीमा सक्रिय हुन चाहे स्वागत नै हुने जिकिर गरेका हुन्।
‘उहाँले राजनीति गर्छु भन्दा रोक्ने को हो? कसले रोक्छ? कसरी रोक्छ? हामी उहाँलाई निषेध गर्दैनौँ,’ ओलीको भनाइ थियो, ‘उहाँ आउँछु त भन्नुपर्यो। उहाँलाई सधैँ वेलकम छ,’ उनले भने।
पूर्वराष्ट्रपति भण्डारी पार्टीका सबै नेताहरुको आदरणीय भएकाले कसैले भेटवार्ता गर्नु ठूलो विषय नभएको उनको भनाइ थियो।


