काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले भ्रष्टाचार काण्डहरू बार्गेनिङ टुल बनाइएको टिप्पणी गरेका छन्। एकपछि नयाँ–नयाँ भ्रष्टाचारका काण्डहरु बाहिर आइरहेका बेला काण्डहरूमाथि छानबिन गर्नुको सट्टा बार्गेनिक टुल बनाइएको उनले बताएका हुन्।
ललिता निवास जग्गा प्रकरण, नक्कली भुटानी शरणार्थी प्रकरण, सुन प्रकरण, गिरिबन्धु टी-ईस्टेस प्रकरुण, टीकापुर जग्गा प्रकरण, गौरकाण्डलगायतलाई सत्ता बार्गेनिङका टुल बनाउन लागिएको उनको भनाइ थियो।
‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटना छानबिन गर्न, गराउन हामी किन नमिल्ने?,’ थापाले ट्विटरमा लेखेका छन्, ‘विगतमा जस्तै एउटै पार्टीभित्र समान धारणा भएको एक ठाउँमा आउनुपर्छ। यस्तै धारणा भएको अन्य पार्टीका साथीहरूसँग समान धारणा बनाऔँ। अनि पार्टी बाहिर नागरिक आन्दोलनसँग एकाकार होऔं।’
थापाले संसद्मा विचाराधीन विधेयकहरु छिटो अघि बढाउनसमेत गरेका छन्।
भ्रष्टाचारको नेक्सस र भ्रष्टाचारी जोगाउन भइरहेका मिलीभगत तोड्न यसको विपक्षमा रहेका हामी सबै एकजुट हुनुपर्ने आजको आवश्यकता हो। pic.twitter.com/V2qDyf4ArJ
— Gagan Thapa (@thapagk) August 28, 2023


