२०८३ कार्तिक १४ गते शुक्रबार

सकियो एमालेको सिरहा बैठक, अपराधको राजनीतिकरणले चुनौती थपेको ठहर

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १३
siraha_uml

सिरहा- सिरहाको विष्णुपुरकट्टी सर्रेअम्बासमा आयोजित नेकपा (एमाले) को २५औँ सचिवालय बैठक आठ बुँदेमा विभिन्न प्रस्ताव र प्रतिबद्धता जाहेर गर्दै सम्पन्न भएको छ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठक महत्त्वपूर्ण ऐतिहासिक, राजनीतिक प्रस्ताव पारित गर्दै सम्पन्न भएको बैठकपछि पार्टी केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकले पछिल्लो समय राष्ट्रिय राजनीति र आन्दोलनमाथि नयाँ चुनौती थपिएको भन्दै जनताले भोग्नुपरेको समस्याप्रति पार्टी गम्भीर रहेको पनि जनाएको छ। ‘पछिल्लो समय राष्ट्रिय राजनीतिमा अवसरवाद र अराजकता चुनौती बनेर तेर्सिएको छ। समाज र राजनीतिमा देखापरेका विकृति, विसङ्गति, भ्रष्टाचार, राजनीतिको अपराधीकरण र अपराधको राजनीतिकरण एवं अस्थिरताले हाम्रो आन्दोलनमाथि नयाँ चुनौती थपिदिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यतिबेला जनताले भोग्नु परिरहेका कष्टप्रति पार्टी गम्भीर छ। र यो स्थितिमा परिवर्तन ल्याउन पनि गम्भीरताका साथ प्रयत्नशील छ।’

एमाले (तत्कालीन माले)द्वारा आयोजित नेपाल कम्युनिस्ट पार्टीको चौथो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको ३५औँ वर्ष प्रवेशका सन्दर्भमा आयोजित सचिवालय बैठकले चौथो राष्ट्रिय महाधिवेशनको ऐतिहासिक पृष्ठभूमि, नेपालको राजनीतिक तथा विविध आयाममा त्यसले खेलेको भूमिका, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीको योगदान र तत्कालीन सन्दर्भलाई स्मरण गर्दै त्यसको भावनालाई आत्मसात् गर्ने प्रतिबद्धता जाहेर गरेको विज्ञप्तिमा उल्लेख छ।

‘यो बैठक चौथो राष्ट्रिय महाधिवेशनका ऐतिहासिक योगदानको उच्च मूल्याङ्कनसहित स्मरण गर्दछ, महाधिवेशनबाट महासचिवमा निर्वाचित मदन भण्डारीका योगदानप्रति गर्व गर्दछ र जनता तथा पार्टीबीचको घनिष्ठ सम्बन्धलाई अझ प्रगाढ बनाउने सङ्कल्प गर्दछ,’ विज्ञप्तिमा छ।

त्यसैगरी विसं २०१९ मा आयोजित तेस्रो राष्ट्रिय महाधिवेशनपछि विभाजित र विखण्डित कम्युनिस्ट आन्दोलनलाई पुनर्गठन, पुनर्निर्माण र दर्जनौँ क्रान्तिकारी समूहलाई एकताबद्ध गर्न चौथो महाधिवेशनले ऐतिहासिक भूमिका खेलेको, ३० वर्ष लामो पञ्चायती व्यवस्था अन्त्य गर्न संयुक्त जनआन्दोलनको जग बसाल्न र पार्टीलाई संयुक्त आन्दोलनको वैचारिक नेताका रुपमा स्थापित गर्न ऐतिहासिक मञ्च प्रदान गरेको, महाधिवेशनले अघि सारेको नीतिकै कारण मार्क्सवादको सिर्जनात्मक प्रयोगबाट क्रान्ति तथा समाजवाद निर्माणको आफ्नै मौलिक बाटो अन्वेषण गर्ने महत्त्वपूर्ण योगदान गरेको पनि एमालको दाबी छ।

‘महत्त्वपूर्ण यस ऐतिहासिक स्थललाई मुक्तिकामी जनता र प्रगतिशील शक्तिको भावना र सङ्कल्पलाई प्रेरित गर्ने पर्यटकीय गन्तव्य बनाउन यहाँका जनतासँग मिलेर, उहाँहरूकै चाहनाअनुरूप विभिन्न पूर्वाधारका काम अगाडि बढाउने प्रण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

बैठक दिउँसो ३ बजेदेखि सुरु भएको थियो। विसं २०४६ भदौ ९ गतेदेखि १४ गतेसम्म भएको तत्कालीन नेकपा (माले) को चौथो महाधिवेशनस्थलमा ३४ वर्षपछि एमालेको ‘हाइकमाण्ड’ का रुपमा रहेको १९ सदस्यीय सचिवालय बैठक बसेको हो।

प्रकाशित: २०८० भदौ १३ गते बुधबार ०८:५२
प्रतिक्रिया

थप समाचार

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना