काठमाडौं– नारायणगढ–मुग्लिन सडक खण्डको टोपे खोलामा पहिरो खसेपछि यातायात आउजाउ अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ। टोपे खोलामा आज बिहान खसेको पहिरोका कारण यातायात अवरुद्ध भएको हो।
अहिले पहिरो पन्छाएर एकतर्फी सडक खुलाउने प्रयास भइरहेको छ। सबै पहिरो पन्छाएर दुईतर्फी नै सवारी साधन गुड्न अझै केही समय लाग्ने इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ। पहिरोका कारण सवारी साधन मुग्लिन र जुगेडीमा रोकिएका छन्।


