काठमाडौं– उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुरु गरेको सुशासनको अभियान असफल बनाउने प्रयास भइरहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित नेपाल पर्वतारोहण संघको ३३औँ वार्षिक साधारण सभा कार्यक्रममा उनले सरकारले चलाएको सुशासन र भ्रष्टाचारविरोधी गतिविधिलाई असफल बनाउने प्रयास भइरहेको बताएका हुन्।
उनले भने, ‘यो सुशासनको विरुद्ध, तागतका विरुद्ध सञ्चालन गरिएको हो। ती प्रवृत्ति र तागत संगठीत भएर यसलाई असफल बनाउने दुश्प्रयत्नहरु पनि गर्दैछन्। तर सरकारले यो सुशासनको अभियानलाई छोड्ने वाला छैन्। यो अभियानबाट विश्राम लिने वाला छैन्।’
उनले सबै युवा तथा आम जनताले सरकारले चालेको सुशासनको कदमलाई समर्थन गरेको र यसले गर्दा समृद्धिको यात्रामा तिव्र भएर अगाडी बढ्न हौसला दिएको बताए।
