जुम्ला– नेकपा माओवादी केन्द्रका जुम्लाबासी कार्यकर्ता र नेताहरूले मदिरा सेवन गर्न नपाउने भएका छन्। जुम्लामा तीनमहिने पार्टी रुपान्तरण अभियान गुरु गर्दै माओवादीले आफ्ना नेता तथा कार्यकर्तालाई मदिरा सेवनमा रोक लगाएको हो।
‘घरघरमा माओवादी, जनजनमा माओवादी’ भन्ने नारासहित सुरु भएको अभियानका क्रममा मदिरा खान नपाउने कार्यविधि बनाइएको पार्टी अध्यक्ष वीरवहादुर कुँवरले बताए।
अभियानलाई प्रभावकारी र जनपरिचालन गर्न विभिन्न गतिविधि खेल, कला, सांस्कृतिक प्रर्दशनी आयोजना र घुम्ति शिविर स्वास्थ्य शिविर सञ्चालन गर्ने माओवादी जुम्लाको तयारी छ।
