काठमाडौँ- प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समाजवादी मोर्चा निर्वाचनका लागि गठन नभएको दाबी गरेका छन्। शुक्रबार पोखरामा आयोजित मोर्चाको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो दाबी गरेका हुन्।
सम्पूर्ण वामपन्थी तथा समाजवादी विचारधाराहरूलाई एक ठाउँमा आउनुपर्ने बताए। ‘समाजवादी मोर्चा निर्वाचनका लागि होइन। निर्वाचनका लागि अर्कै मोर्चा बन्छ। यो मोर्चा नयाँ क्रान्ति र नयाँ अभियानका लागि गठन भएको हो’, उनले भने, ‘एउटै विचार र उद्देश्यमा केन्द्रीकृत हुनु गर्वको विषय हो। पार्टीगत कुनै स्वार्थ छैन। समाजवादी क्रान्तिको लागि एकताबद्ध भएको हो।’
सहमति, सहकार्य र एकताको आधारमा मात्रै नयाँ क्रान्ति हुने भएकाले मोर्चा गठनबारे भ्रमित नहुन उनले आग्रह गरे।


