२०८३ साउन ११ गते सोमबार

माओवादीका सबै भङ्गाला मिसिएर विशाल सागर बन्छौँ : प्रचण्ड [पूर्णपाठ]

 |  Untitled
Sanket

Untitled

काठमाडौं, फाल्गुण २१
PM-Sahid-Bepatta
सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड। तस्बिर : प्रचण्डको सचिवालय

काठमाडौँ- प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले माओवादी आन्दोलनका विभिन्न भङ्गालाहरू फेरि एकैठाउँमा उभिने परिस्थिति आएको बताएका छन्।

आइतबार दिउँसो सहिद तथा बेपत्ता योद्धा सन्तति फाउन्डेसनले काठमाडौंको कमलादीमा आयोजना गरेको अन्तरक्रियामा बोल्दै प्रधानमन्त्रीले माओवादी आन्दोलन विभाजित हुँदा विजातीय वर्गले फाइदा उठाएको भन्दै एकताका निम्ति अपिल गरेका हुन्।

‘माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो,’ प्रचण्डले भने, ‘तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामी कसैले पनि कमजोर सावित गर्ने नसक्ने गरी बलियो हुन्छौँ। सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन।’

यस्तो छ प्रचण्ड सम्बोधन
हामी माओवादी आन्दोलनका विभिन्न धाराका प्रतिनिधिहरू यहाँ उपस्थित छौँ। यस फाउन्डेसनले आज दिन खोजेको सन्देश शक्तिशाली सन्देश हो भन्न ठान्दछु। यो कार्यक्रमको अर्थ र महत्व धेरै ठूलो र दूरगामी छ। मैले यहाँ पार्टी अध्यक्षको रूपमा मात्रै नभई प्रधानमन्त्रीको रूपमा समेत बोल्दा नेपाल सरकारका केही महत्वपूर्ण काम र सहिद तथा बेपत्ता योद्धाको सम्मान र सपनालाई केन्द्रमा राखेको छु। केही दिनअघि सहिद तथा बेपत्ता योद्धाका परिवारको तर्फबाट बालुवाटारमा कार्यक्रम भएको थियो। त्यहाँ एकराज भणडारीले सबैको तर्फबाट केही विषय गम्भीर ढंगबाट राख्नुभएको थियो। र, मैले यी भावना तथा विचारहरूलाई गम्भीर रूपमा लिएको छु भनेको थिएँ। अहिले पनि मैले तपाईहरूले उठाएका मुद्दाहरूलाई गम्भीर रूपमा नै लिएको छु।

हामी कमजोर छैनौँ। हाम्रो आन्दोलन कमजोर छैन। माओवादी आन्दोलन र त्यसको प्रभाव अहिले पनि कमजोर छैन। हामी विभिन्न धारामा भए पनि यिनीहरू एकठाउँ उभिन सक्छन्, त्यसको प्रभाव जबर्जस्त रहनेछ भन्ने बुझेर नै प्रतिक्रियावादीहरूले विभिन्न खालका भ्रम छर्ने, अनि घेरा हाल्ने षड्यन्त्र गरिराखेकै छन्। हिजो जनयुद्धको अन्तिम समयतिर पनि देखेकै कुरा हो, त्यो बेला पनि हामीविरूद्ध ठूलो घेराबन्दी गरिएको थियो। त्यसकारण अहिले एकताबद्ध हुनुपर्छ भन्ने हामी सबैलाई जुन वोध भएको छ, यो एउटा शक्ति ठान्छु। म सबै साथीहरूलाई यो विषयमा गम्भीरतापूर्वक विचार गर्न आग्रह गर्दछु। एकचोटी माओवादी एकठाउँमा जम्मा भएर लाखौँ जनता सडकमा उतार्ने हो भने प्रतिक्रियावादी शक्ति र तत्वहरू धेरै कमजोर हुनेछन्। माओवादीले फेरि एकचोटी विजयको नयाँ यात्रा सुरू गर्न सक्छ भन्ने मेरो विश्वास घटेको छैन, म विशेष रूपमा तपाईहरूलाई अपील गर्दछु– दृढ संकल्पका साथ एकठाउँ उभिउँ।

काठमाडौंकै जगडोलमा सम्पूर्ण सहिदहरू र बेपत्ता योद्धाहरूको समृति र सरकारबाट घोषणा गरिएका सहिदहरूको नाम उल्लेख गरिएको पार्क उद्घाटन गरिसकेको छु। यो आफैमा ठूलो परिघटना हो। फागुन १ गतेलाई जनयुद्ध दिवसलाई राष्ट्रिय दिवसको रूपमा मनाउने औपचारिक निर्णय र वैधानिक घोषणा भयो। यो आफैमा अर्को एउटा कोशेढुङ्गा नै हो। जनयुद्ध, यसका सहिदहरू र बेपत्ता योद्धाहरूका त्याग तपस्या र बलिदानलाई स्थापित गर्न कुरामा सरकार दृढतापूर्वक लागिरहेको छ। अहिले पटकपटक गरिएका सहिद घोषणालाई राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको रूपमा सम्मान गर्ने निर्णय पनि मन्त्रिपरिषदको बैठकबाट भएको छ। यी सबै निर्णयहरूले के कुरालाई राम्रोसँग संकेत गरेको छ भने हजारौं सहिद तथा बेपत्ता योद्धाहरू र तिनका सपनाहरू कसैले जबर्जस्ती बदनाम गर्न खोज्दैमा वा दबाउन खोज्दैमा त्यो दबिनेवाला छैन। फागुन १४ गतेदेखि २१ गतेसम्म सहिद सप्ताह मनाउने योजना जनयुद्धकालदेखि नै सुरू गरिएको थियो। झापा विद्रोह र जनयुद्धलाई जोड्ने उद्देश्यका साथ सुरू गरिएको सहिद सप्ताह यसपटक पनि विविध रूपमा मनाइएको छ। त्यसकारण जनयुद्ध र यसका उपलब्धि दबिनेवाला छैनन्। केही भूतप्रेतहरू बाटोमा निस्किँदैमा इतिहास निर्माण गर्ने, त्याग र बलिदान गर्ने ती जनताका महान सपुतहरू सिद्धिने कुरा हुँदैन।

अहिले सरकारको तर्फबाट सहिद तथा वेपत्ता योद्धालाई सम्मान गर्ने प्रक्रिया जसरी एकपछि अर्कोगरि अगाडि बढेको छ, यसबाट प्रतिक्रियावादीहरू आतंकित भएका छन्। तिनीहरू फेरि एकपटक माओवादीसँग तर्सेका छन्। त्यसकारण माओवादीका विरूद्ध तथानाम गालीगलौज गर्ने, विभिन्न खालका षड्यन्त्रहरू गर्ने, बदनाम गर्ने फेरि प्रयास गरेका छन्, जुन कुरा हिजो हामी जनयुद्धकाल र शान्तिकालमा पनि पटकपटक देखेका छौं। भ्रम छर्ने, घेरा हाल्ने र सखाप पार्ने प्रतिक्रियावादीको रणनीतिविरूद्ध भ्रम चिर्ने, घेरा तोड्ने र प्रतिरोध गर्ने माओवादीको रणनीति हो। हामी यसरी नै गएका छौँ। यो तथ्य नेपालको इतिहासमा स्थापित भएको छ। अहिले माओवादीहरू एकठाउँमा उभिएर सहिद बेपत्ता योद्धाको भावना र सपनालाई सम्मान गर्ने संकल्प गर्‍यौँ भने त्यो दिन फेरि आउनेछ, जहाँ हाम्रो नयाँ विजय हुनेछ। मैले विभिन्न उतारचढाव, घुम्तीमोड, अप्ठ्याराहरू पार गर्दै अहिले फेरि देशको नेतृत्व गर्ने र क्रान्तिका उपलब्धि संस्थागत गर्ने अवसर पाएको छु। संविधानले पहिलोपटक नेपाली जनतालाई सार्वभौमसत्तासम्पन्न बनाएको छ। यस कुरामा अहिले प्रहार हुँदैछ। यो उपलब्धिबाट विरोधीहरू आत्तिएका छन्, त्यसैले फेरि हामी माओवादीहरू फेरि एक ठाउँमा आउन जरूरी छ।

माओवादी आन्दोलन एउटा ठूलो प्रवाहको रूपमा अगाडि आयो, शान्ति प्रक्रियापछि विभिन्न भङ्गालातिर विभाजित जस्तो भयो। अब ती सबै भङ्गालाहरू एकै ठाउँमा मिसिएर एउटा विशाल सागर बन्ने दिशातिर जाने समय आयो। हामी सबैले हामी सबैका अनुभवहरूलाई हाम्रा अनुभव भनौँ। त्यसमा भएका तीता–मीठा, राम्रा–नराम्रा सबै कुरा आत्मसात गर्न सकेको दिन हामीलाई कसैले पनि कमजोर सावित गर्ने नसक्ने गरी बलियो हुन्छौँ। सबै अनुभवलाई आफ्नै अनुभवका रूपमा र सबै सहिदहरूलाई जनताका सहिदका रूपमा सम्मान गर्ने विचार र भावनाबाट अगाडि बढ्यौँ भने हाम्रो एकतालाई कसैले पनि रोक्न सक्दैन। जनयुद्धको कमाण्डरको हैसियतले अहिले पनि राष्ट्रिय अन्तर्राष्ट्रिय विभिन्न दबाब र घेराबन्दीका विरूद्ध म लडिराखेको छु। बाबुरामजी, विप्लवजी, धर्मेन्द्रजी पनि लडिराखेकै देखेको छु। पहिला जस्तो छैन घटनाक्रमहरू, हामी आ–आफ्नै ढङ्गले लडिराखेकै छौँ। अब हामी सबै एकठाउँ भएर लड्यौँ भने यो अजरअमर हुन सक्छ। अनिमात्रै हामी सहिद बेपत्ता योद्धाप्रति इमानदार भएको ठहरिन्छ। त्यसकारण तपाई सहिद तथा बेपत्ता योद्धाका परिवारहरूले माओवादी आन्दोलनका भङ्गालाहरू एकठाउँ ल्याउन जुन कोशिस गर्नुभएको छ, त्यो धेरै ठूलो कुरा छ। यस कार्यक्रमपछि नयाँ शिराबाट हाम्रो वार्ता सुरू हुनेछ, हामी एकता वा मोर्चाका रूपमा नयाँ ढंगले अगाडि बढ्छौँ।

प्रकाशित: २०७९ फाल्गुण २१ गते आईतबार १२:३९
प्रतिक्रिया

थप समाचार

प्रवासी नेपालीलाई अर्थमन्त्रीले भने: ढुक्क हुनुहोस्, एक पटकको नेपाली सधैँको नेपाली

काठमाडौँ: अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन्। उनले विदेशमा...

निर्यातजन्य उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपाली उत्पादनको अन्तर्राष्ट्रिय बजार विस्तारका लागि उद्यमी–व्यवसायीका माग सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्। प्रधानमन्त्री शाहले...

बागमतीका १३ वटै जिल्लाका उद्योग प्रशासन डिजिटल प्रणालीमा

हेटौँडा: बागमती प्रदेश सरकारले बागमती प्रदेशका १३ वटै जिल्लाको उद्योग प्रशासन सेवा डिजिटल प्रणाली (अनलाइन सेवा) मा सञ्चालन गर्ने तयारी गरेको छ। उद्योग तथा वाणिज्य कार्यालय मकवानपुरबाट उद्योग...

रास्वपा सांसदले खुला प्रतिस्पर्धाबाट स्वकीय सचिव राख्नुपर्ने, सचिवको तलब सोझै खातामा

काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसदका स्वकीय सचिवको नियुक्ति, पारिश्रमिक, कार्यसम्पादन र आचारसंहितासम्बन्धी विस्तृत मार्गदर्शन जारी गर्दै आर्थिक अनियमिततामा शून्य सहनशीलताको...

अर्गानिक उत्पादनको प्रमाणीकरण देशभित्रै गर्न प्रधानमन्त्री शाहको निर्देशन

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले नेपालमा अर्गानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन्। सिंहदरबारस्थित प्रधानमन्त्री...
sebon adakshya
शेयर बजार

सेबोनमा अड्किए १०४ कम्पनीका आईपीओ, छैन अनुमति दिने छाँटकाँट

हाल विभिन्न क्षेत्रका १०४ वटा कम्पनी आईपीओ निष्कासनको स्वीकृतिको प्रतीक्षामा छन्। पाइपलाइनमा रहेका कतिपय कम्पनीले तीन वर्षभन्दा लामो समयदेखि अनुमति पाउन सकेका छैनन्।
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
oil
उद्योग

नेपालबाट खानेतेल आयात रोक्न भारतीय उद्योगीको दबाब, उद्योग संकटमा परेको दावी

सन् २०२५ मा नेपालबाट भन्साररहित खाद्य तेलको आयात ५४८ प्रतिशत बढेको जिकिर गर्दै एसोसियसनले तत्काल कदम चाल्न सरकारसँग माग गरेको हो। एसोसियसनका अनुसार, अघिल्लो वर्षको तुलनामा नेपालबाट खानेतेल...
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
fifa_cup
खेलकुद

विश्वकप टिम बढाएर ६४ पु्र्‍याउने फिफाको तयारी, फुटबल उद्योग ध्वस्त पार्न लागेको आरोप

फिफाले ४८ टोलीलाई परीक्षणको रुपमा लिएको जानकारी दिएका बेला आगामी चार वर्षपछि हुने विश्वकपमा ६४ मुलुक पुर्याउने चर्चा चलेपछि यसको विरोध सुरु भएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना