काठमाडौँ- नेपाल आर्ट काउन्सिलमा प्राचीन सिक्का र नोटको प्रदर्शनी सुरु भएको छ।
नेपाल न्युमिसम्याटिक सोसाइटी स्थापनाको २० वर्ष पुगेको उपलक्ष्यमा आयोजना गरिएको प्रदर्शनीमा राजा मानदेवदेखि वर्तमान समयसम्म जारी भएका विभिन्न सिक्का र नोट प्रदर्शनीमा राखिएको छ।
बुधवारसम्म चल्ने प्रदर्शनीमा नेपालका पहिलो गभर्नरदेखि वर्तमान गभर्नर महाप्रसाद अधिकारीले हस्ताक्षर गरेका नोट प्रदर्शनीमा राखिएको छ।















