काठमाडौं– पेप्सीकोला–काँडाघारी सडक खण्डमा आज बिहान एकैसाथ चार वटा सवारीसाधन एकापसमा ठोक्किँदा सात जना घाइते भएका छन्। मिनीबसले बोलेरो, मोटरसाइकल र स्कुटरलाई ठक्कर दिँदा सात जना घाइते भएका हुन्।
घाइतेको मीनभवनस्थित सिभिल अस्पताल र मदरल्यान्ड अस्पतालमा उपचार भइरहेको उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले बताए।
दुर्घटनामा घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको उनले जानकारी दिए। आज बिहान करिब ७ः४५ बजेतिर भएको दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।


