काठमाडौँ- नेपाली कांग्रेसले बर्खा नसकिएको र संसद पनि चलिरहेको भन्दै कांग्रेसले राष्ट्रव्यापी अभियान स्थगित गरेपनि कांग्रेसकै रूपान्तरण पक्षधरले एक महिने राष्ट्रव्यापी अभियान घोषणा गरेको छ। रुपान्तरण पक्षधरले बीपीजयन्तीदेखि गणेशमानसिंह जन्मजयन्तीसम्म रूपान्तरण अभियान गर्ने निर्णय गरेको हो।
अभियाानमा सहभागी एक नेताका अनुसार भदौ २४ गते वीपीजन्म जयन्तीदेखि कात्तिक २४ गते गणेशमान सिंहको जन्मजयन्तीसम्म ७७ जिल्ला, १६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्रमा रूपान्तरण अभियान लैजाने छ।
रुपान्तरण पक्षधर नेताहरूले मंसिरमा हुने कांग्रेस महासमिति बैठकलाई लक्षित गरेर निर्वाचन क्षेत्र केन्द्रित कार्यक्रम गर्न लागेको बताइएको छ।
महासमिति बैठकले खासगरी नीति महाधिवेशनको पनि काम गर्ने र पार्टीले अब लिने नीति, पार्टी संगठन, विधान परिमार्जनलगायत विषयबारे निर्वाचन क्षेत्रका साथीहरूसँग छलफल गर्ने रुपान्तरण अभियानमा सहभागि कांग्रेस केन्द्रीय सदस्य मधु आचार्यले बताए। रूपान्तरण पक्षधरले गत जेठमा सातै प्रदेश भेला गरेका थिए।
