काठमाडौँ- सत्ता साझेदार नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्बिर च्यातेर विरोध गरेको छ।
पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरिएको भन्दै उसले सरकारको नेतृत्व सम्हालिरहेका दाहालको फोटो च्याती विरोध गरेको हो।
नेविसंघ त्रिचन्द्र क्याम्पस ईकाइको अगुवाइमा महँगी बढेको भन्दै माइतीघरमा प्रदर्शन गरिएको थियो।










