काठमाडौं–सत्तारुढ नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै छ।
आज बिहान ८ बजेका लागि बोलाइएको बैठकले केन्द्रीय समिति बैठकले गरेका निर्णय कार्यान्वयन सम्बन्धमा छलफल गर्नेछ।
बैठकमा आगामी माघमा तय भएको पार्टी महाधिवेशनको तयारीबारे पनि छलफल हुने उपमहासचिव तथा प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए। यसअघि ५–७ भदौसम्म नेकपा एसको केन्द्रीय समिति बैठक बसेको थियो।


