काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सोमबार बिहान भेट गरेका छन्। राष्ट्रपति भवन शीतलनीवासमा सोमबार भेट भएको हो।
भेटमा प्रधानमन्त्री दाहालले अमेरिका र चीन भ्रमणबारेमा राष्ट्रपतिलाई जानकारी गराएका थिए।
राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार भेटमा समसामयिक राजनीतिक विषयमा पनि छलफल भएको थियो।
प्रधानमन्त्री दाहाल भदौ ३० गते संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि अमेरिकाका लागि प्रस्थान गर्दैछन्। उनी त्यतैबाट चीन भ्रमण पनि सकेर नेपाल फर्कने कार्यतालिका छ।


