२०८३ कार्तिक ११ गते मङ्गलबार

पोखराका सडकमा २ हजार बत्ती जडान, मेयरले पूर्वमेयरलाई भने- जन्मदिनको उपहार!

 |  मदनमणि तिमिल्सिना
Sanket

मदनमणि तिमिल्सिना

काठमाडौँ, भदौ १८
WhatsApp Image 2023-09-04 at 08.49.38

पोखरा- पोखरा महानगरपालिकाका सडकमा दुई हजार सडक बत्ती जडान गरिएको छ। पूर्वमेयर मानबहादुर जिसीको कार्ययोजनालाई वर्तमान मेयर धनराज आचार्यले साकार पार्न भूमिका खेलेका हुन्।

आइतबार जीसीकै जन्मदिन पारेर सडकबत्ती उद्घाटन गरिएको हो। यसअघि पहिलो चरणको हाइमास लाइट उद्घाटन गर्ने कार्यक्रममा उनै पूर्व मेयर जिसीलाइ नसम्झेको भन्दै नेकपा एमालेले विरोध जनाएको थियो। व्यापक विरोध भएपछि वर्तमान मेयर धनराज आचार्यले गल्ती स्वीकार गरेर माफी मागेका थिए।

मेयर आचार्यले जिसीलाई पनि कार्यक्रमको अतिथिमा ढाकेका थिए। मेयर आचार्यले आफ्नो मन्तव्य राख्ने बेला पूर्वमेयर जीसीकै जन्मदिनमा भएको कार्यक्रममा उनलाई जन्मदिनको उपहार भन्न पनि भनेका थिए।

उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबारदेखि पोखराका मुख्य सडक तथा चोकमा स्मार्ट लाइट बल्न सुरु गरेको हो।

२००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र पोखरा महानगर प्रमुख धनराज आचार्यले संयुक्त रुपमा उद्घाटन गरेका थिए।

नेपाल विद्युत प्राधिकरण र पोखरा महानगरको ५०/५० प्रतिशत लगानीमा पोखरामा स्मार्ट सडक बत्ती जडान गरिएको प्राधिकरढाका कार्यकारी निर्देशक घिसिङले जानकारी दिए। स्मार्ट बत्ती जडान गर्न कुल १४ करोड ६५ लाख रुपैयाँ लगानी लागेको प्रधिकरणको भनाइ छ। बत्ती जोड्न टप्सन इनर्जीले ठेक्का पाएको थियो।

राष्ट्रिय सडकबत्ती प्रवद्र्धन परियोजना प्रमुख प्रमोद रिजालले जोडिएका स्मार्ट सडक बत्तीमा १२० र ९० वाटका बत्ती प्रयोग गरिएको जानकारी दिए। उनले जोडिएका हाइमास्ट १६ मिटर अग्ला भएको र त्यसमा प्रत्येकमा २ सय वाटको ८ वटा बत्ती प्रयोग गरिएको जानकारी दिए।

‘सबै गरेर पोखराका ६० किलोमिटरभन्दा बढी क्षेत्रफल ओगट्छ । यसमा भएको पूरा खर्चमध्ये न्यूरोडको डिभाइडर बनाउन एक करोड, मास्ट लाइट सुरक्षाका लागि ३५ लाख रुपैयाँ खर्च भएको छ’, रिजालले भने। बत्ती जडान गर्न ४ सय ३९ वटा नयाँ पोल जडान गरिएको छ।

रिजालका अनुसार पोखरामा जडान गरिने बत्ती प्राधिकरणको आइटी सर्भरमा सीधै जोडिने भएकाले कुनै बत्तीले पर्याप्त उज्यालो नदिएमा, बिग्रिएमा तत्कालै सूचना पाउन सकिन्छ। ‘सूर्यास्तपछि आफैैं बल्छ। त्यसपछि १० बजेसम्म बढी उज्यालो हुन्छ भने विस्तारै अटोमेटिक घट्दै जान्छ’, उनले भने, ‘नबलेको, बिग्रिएको थाहा हुने भएकाले तत्काल मर्मत गर्न पनि सकिन्छ।’

बत्तीमा प्रयोग गरिने फोरजी सिमले कति विद्युत खपत गर्छ भन्नेबारे पनि जानकारी राख्ने उनले सुनाए। बत्तीमा जडित सिस्टमले सूर्योदय र सूर्यास्त समय आफैं पत्ता लगाउने हुनाले सोहीअनुसार स्वचलित रुपमा बत्ती बल्ने र निभ्ने उनको भनाइ थियो। ‘यसले पोखराको सुरक्षामात्रै होइन, पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुग्ने विश्वास हाम्रो छ’, उनले भने।

ललितपुर, धनगढीपछि पोखरामा सुरु गरिएको स्मार्ट सडकबत्तीको निर्माण ठेक्कासँगै ५ वर्षका लागि मर्मत सम्झौता पनि भएको जानकारी रिजालले दिए। उनले ५ वर्षभित्र बत्तीमा कुनै खराबी आए वा बिग्रिए ठेकेदार कम्पनी टप्सन इनर्जीले नै निशुल्क बनाइदिने सम्झौता छ।

प्राधिकरणले नेपालमा जडान गर्दै आएको स्मार्ट लाइट भारतको जयपुर, दिल्ली लगायत सहरमा पनि सफल प्रयोगमा आइसकेका छन्।

पोखराका विभिन्न स्थानमा ट्रान्सफरको आवश्यकता रहेको र नागरिकले राख्न नदिदाँ समेत समस्या आएको बताए। ‘पोखरामा एक मात्र सबस्टेसन छ अर्को पनि सब स्टेसन हुन आवश्यक छ। त्यतिमात्र होइन ठाउँठाउँमा ट्रान्सफर्मरको पनि आवश्यकता छ र त्यो राख्न दिइराखेको छैन। यसलाई महानगर र वडाले पनि समन्वय गर्नुपर्ने देखिन्छ।’ उनले पोखरामा दोस्रो चरणको काम गर्न आफूहरु तयार रहेको सुनाए।

पोखरामा पनि विद्युतिय गाडीका लागि चार्जिङ स्टेसन थप्नु पर्ने र पोखराका ट्याक्सीलाई विद्युतिय ट्याक्सीमा रुपान्तरण अभियान थाल्न समेत अनुरोध गरे। पोखरा महानगरपालिकाले नेपाल विद्युत प्राधिकरण र टपसन इनर्जी प्रा.लि.लाई सम्मानसमेत गरेको छ।

प्रकाशित: २०८० भदौ १८ गते सोमबार १२:२६
Sanket

मदनमणि तिमिल्सिना

तिमिल्सिना सामाजिक तथा राजनीतिक विषयमा रुचि राख्छन्।
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना