२०८३ साउन १३ गते बुधबार

कृष्णचरित्र देखाउन नसकेपछि रामचरित्रतर्फ लाग्यो बालन, जोगाउनै चुनौती

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १९
balan

पोखरा- आधुनिकताका नाममा प्राचीन मौलिक संस्कृतिहरू हराउँदै गएको अवस्थामा पोखरा महानगरपालिका–३२ स्थित राधाकृष्ण सांस्कृतिक समूहले भने पौराणिक संस्कृतिमा आधारित बालनलाई निरन्तरता दिँदै आएको छ।

नयाँ वाद्यवादनका साथै डिस्को डान्समा नयाँ पुस्ता झुम्मिन थालेको अवस्थामा हजुरबुबादेखि नाति पुस्तासम्मका सबै व्यक्तिहरूको सक्रियतामा बालनलाई निरन्तरता दिन खोजिएको हो।

श्रीकृष्ण जन्माष्टमी र रामनवमीजस्ता विशेष धार्मिक पर्वमा कृष्ण चरित्र, श्रीराम चरित्र आदिमा आधारित कलाकारले देखाउने बालनहरू पछिल्ला पुस्तामा हराइसकेको राधाकृष्ण सांस्कृतिक समूहका अध्यक्ष सञ्जय ढकालले बताए।

आधुनिकताका नाममा पछिल्लो समयमा प्राचीनकालदेखि सञ्चालन हुँदै आएका यस्ता मौलिक संस्कृति संरक्षणको अभावमा समाजबाटै हराउने हो कि भन्ने चिन्ता बढेको उनको भनाइ थियो। नयाँ पुस्तामा जाग्दै आएको आधुनिक संस्कृतिप्रतिको मोहका साथै प्राचीन संस्कृतिप्रतिको बेवास्ताले यी संस्कृतिहरू सङ्कटमा पर्दै गएको अवस्थामा यस समूहले बालनलाई निरन्तरता दिँदै आएको अध्यक्ष ढकालले उल्लेख गरे।

समूहले पहिला कृष्णबालन देखाउन सुरु गरे पनि पछिल्लो समय भगवान् रामचन्द्रको लीलामा आधारित बालन देखाउँदै आएको छ।

अर्थ व्यवस्थापनका साथै कलाकार जोगाउने विषयले बालनको निरन्तरताका लागि समस्या पर्ने गरेको बताउँदै उनले एउटा बालनको तयारीका लागि झन्डै रु १५ लाख आवश्यक पर्ने जानकारी गराए। ‘श्रीराम चरित्रमा आधारित बालन सञ्चालन गर्न करिब ४०/५० कलाकार आवश्यक पर्छ’, अध्यक्ष ढकालले भने, ‘एक पटकमा बालन देखाउन करिब रु चार लाखसम्मको शृङ्गारका समान आवश्यक पर्दछ भने त्यही रुपमा वाद्यवादनका सामान आवश्यक पर्दछन्।’

पछिल्लो पुस्ताका युवा प्राचीन संस्कृतिमा आधारित अभिनय गर्न नचाहने र आर्थिक स्रोतको दीर्घकालीन व्यवस्थापनको चुनौतीसँगै बालनलाई निरन्तरता दिन समस्या पर्ने गरेको समूहका सचिव पुष्पराज शर्मा पौडेलले जानकारी दिए।

यस समूहले २०७२ सालमा कृष्णबालन सुरु गरेको बताउँदै उनले त्यसका लागि ७०/८० जनासम्म कलाकार लाग्ने भएकाले त्यसलाई निरन्तरता दिन नसकिएपछि श्रीराम चरित्रमा आधारित बालन सुरु गरिएको उनको भनाइ थियो।

‘कलाकारकै जोहो गर्न नसकेपछि हामीले ठूलो सङ्ख्यामा कलाकार चाहिने कृष्णबालन छोडेर त्यसभन्दा केही कम कलाकार लाग्ने श्रीराम चरित्रमा आधारित बालन देखाउन लागेका हौँ’, सचिव पौडेलले भने, ‘बालन सञ्चालनका लागि दीर्घकालीन आर्थिक स्रोत नभएका कारण पनि मुस्किल पर्ने गरेको हो।’ कृष्णबालनमा कलाकार सङ्ख्याको एक तिहाइ महिला कलाकार आवश्यक पर्दछ। कृष्णबालनमा गोपिनीहरूको सङ्ख्या धेरै चाहिने हुन्छ भने श्रीराम चरित्रमा आधारित बालनमा बाँदरका सेना तयार गर्न धेरै कलाकार आवश्यक पर्दछ।

पौराणिक समयमा भारद्वाज ऋषिले आफ्नो आश्रममा प्रवेश गर्दा कृष्णलीलामा आधारित बालन खेल्न बालनेलाई निमन्त्रणा गरेको स्मरण गर्दै यो नाच नाच्ने चलन सुरु भएको विश्वास छ। श्रीकृष्णका मातापिताको जन्मदेखि कृष्णजन्म हुँदै कंशवधसम्मका घटनाक्रमलाई बालने कलाकारले जीवन्त चित्रण गर्दछन्। कृष्णबालनका लागि लगभग चार घण्टा समयावधि लाग्ने कलाकारहरू बताउँछन्। देवीदेवताको गुणगानमा आधारित बालन पृथ्वीको सृष्टिकालदेखिका भगवान्का लीला र अवतारको वर्णनमा आधारित हुँदै आएको संस्कृतिका रुपमा लिइन्छ। गीता, महाभारत, रामचरित्र, कृष्णचरित्र र भगवान्का दस अवतारलाई लिएर बालन सञ्चालन गर्ने प्रचलन छ।

समूहलाई दीर्घकालीन बालन सञ्चालनका लागि राज्यका तर्फबाट कुनै सहयोग प्राप्त नभएको अवस्थामा समाजसेवी झलकप्रसाद खनालले व्यक्तिगतरुपमा बालन सञ्चालनका लागि रु तीन लाखको अक्षयकोष स्थापना गरिदिएका कारण त्यसबाट केही राहत पुगेको उनले जानकारी दिए। खनालले समूहका लागि साउन्ड सिस्टमको पनि सहयोग गरेका छन्।

ससमूहको मागअनुसार समय समयमा भजनकीर्तन प्रस्तुत गरी केही आर्थिक स्रोत जुटाएर कार्यक्रमहरू सञ्चालन गर्दै आएको उनले जानकारी दिए।

एक पटक बालन देखाउनका लागि करिब एक महिनासम्मको अभ्यास गर्नुपर्दछ। त्यसैले समयको व्यवस्थापन पनि यसमा महत्वपूर्ण मानिएको छ। सुरुमा बालन सञ्चालन गर्न आवश्यक गरगहना, शृङ्गार सामग्री खरिदका साथै बालने कलाकार तयार गर्न तालिम अपरिहार्य हुने राधाकृष्ण सांस्कृतिक समूहका संस्थापक अध्यक्ष एवम् राष्ट्रिय लोक भजन चुड्का प्रतिष्ठान नेपालका केन्द्रीय उपाध्यक्ष भुलाप्रसाद भण्डारीले बताए।

आर्थिक अभावसँगै तालिमप्राप्त कलाकारमध्ये ज्येष्ठ नागरिक अशक्त हुनु, युवा वैदेशिक रोजगारीमा र महिला कलाकार विवाह भएर जानेलगायत कारण कलाकार जोगाउन चुनौतीपूर्ण बनेको उनको भनाइ थियो। पछिल्ला समयमा प्राचीन मौलिक संस्कृतियुक्त बालनहरू पाल्पा, गोरखा, बाग्लुङ, लम्जुङ, तनहुँ, स्याङ्जालागयतका जिल्लामा पनि देखाउन थालिएको बताउँदै भण्डारीले देशका अन्य भूभागमा पनि बालन जगेर्ना गर्न खोजिएको जानकारीमा आएको बताए।

संस्कृतिको जगेर्नाका लागि प्रतियोगिता
राधाकृष्ण सांस्कृतिक समूहले प्राचीन संस्कृतिको जगेर्ना गर्ने उद्देश्यले प्रत्येक वर्षको श्रीकृष्ण जन्माष्टमीका अवसरमा श्रीकृष्ण जन्माष्टमी महोत्सव तथा खुल्ला भजन चुड्का प्रतियोगिता गर्दै आएको छ। संस्था स्थापनाको १२ वर्ष पुगेको जानकारी गराउँदै अध्यक्ष ढकालले यस वर्ष आठौँ संस्करणको महोत्सव, प्रतियोगितासँगै झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिए।

प्रतियोगिताका लागि विभिन्न २४ वटा समूह सम्पर्कमा आइसकेको बताउँदै उनले कालीका गन्धर्व समाजको नचरी, नेपाल पुनमगर समाजको सोरठी, गगन नेवाः खलको लाखे नाचजस्ता विभिन्न झाँकी प्रदर्शन गर्न लागिएको जानकारी दिए।

प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वनालाई क्रमशः रु चार हजार पाँच सय, रु तीन हजार पाँच सय, रु दुईहजार पाँचसय र रु एक हजार पाँचसय पुरस्कार प्रदान गरिने जनाइएको छ। बर्सेनि गर्दै आएको यस प्रतियोगिताले प्राचीन मौलिक संस्कृतिको जगेर्नामा टेवा पुगेको अध्यक्ष ढकालले बताए।-रासस

प्रकाशित: २०८० भदौ १९ गते मङ्गलबार ०१:४२
प्रतिक्रिया

थप समाचार

५ बुँदे मागसहित लघुवित्त पीडितहरू दुई दिनदेखि आमरण अनसनमा

काठमाडौँ: लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समिति, नेपालले सञ्चालन गरिरहेको लघुवित्त पीडितहरूको सामूहिक आमरण अनशन दोस्रो दिनमा पुगेको छ। काठमाडौँकाे माइतीघरमा जारी आन्दोलनमार्फत...

विश्वप्रसिद्ध गढीमाई मन्दिरमा चोरी: चाँदीको मुकुट र सुनका गहनासहित बहुमूल्य सामग्री गायब

रौतहट: बाराको महागढीमाई नगरपालिका–१ बरियारपुरस्थित विश्वप्रसिद्ध धार्मिक पर्यटकीय स्थल गढीमाई मन्दिरमा ताला तोडेर बहुमूल्य गहनाहरू चोरी भएको छ। गत साउन १० गते आइतबार राति अज्ञात समूहले...

११ करोड २१ लाखमा बनेको देवघाटको शवदाहगृह पीपीपी मोडलमा सञ्चालन गरिने

चितवन: देवघाटमा निर्माण गरिएको शवदाहगृह सार्वजनिक–निजी साझेदारी(पीपीपी) ढाँचामा सञ्चालन गरिने भएको छ। शवदाहगृह सञ्चालन गर्न बढी खर्चिलो हुने भएपछि सार्वजनिक–निजी साझेदारी ढाँचामा सञ्चालन...

४ करोड खर्चेर ललितपुरको २१ नम्बर वडामा हुँदैछन् यी कामहरू

काठमाडौँ: ललितपुर महानगरपालिका वडा नं. २१ ले चालु आर्थिक वर्षका लागि प्राप्त करिब ४ करोड रुपैयाँको बजेटलाई विभिन्न क्षेत्रका विकास तथा संरक्षण योजनामा विनियोजन गरेको जनाएको छ। वडाले पूर्वाधार...

सुनसरीको देवानगन्जमा कर्फ्यु कायमै

सुनसरी: सुनसरीको देवानगन्ज घटनाका विषयमा उत्पन्न विवादपछि जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा (कफ्र्यु) आज पनि जारी छ। सहायक प्रमुख जिल्ला अधिकारी पोषण लामिछानेका अनुसार त्यस...
rameshowre
उद्योग

सिमरामा २ अर्ब लगानीमा पाँचतारे होटल ‘अन्नपूर्ण भिस्टा’ बनाउँदै क्याप्टेन रामेश्वर थापा

होटलको हालसम्म १३ प्रतिशत वित्तीय प्रगति भएको छ। कूल लगानीमा एक अर्ब ५४ करोड रुपैयाँ बैंकको ऋण रहेको छ। यसमध्ये ९८ करोड रुपैयाँ लगानी व्यवस्थापन भइसकेको अन्नपूर्ण भिस्टाले जनाएको छ।
Gautam-Adani
विदेश

उडानको तयारीमा डलर अर्बपति अदानीः धेरै एयरलाइन्स असफल भएको भारतमा चम्किलान्?

अदानीका लागि सफलताको अर्थ सुरुमा बहालवाला दुई कम्पनीहरूलाई प्रत्यक्ष चुनौती दिनुको सट्टा एक विश्वसनीय तेस्रो शक्ति बन्नु हुन सक्छ। सीमित कम्पनीहरूको वर्चस्व रहेको यस उद्योगमा सुरुवाती वर्षहरूमा...
surya_nepal
उद्योग

बहुराष्ट्रिय कम्पनी सूर्य नेपालको चुरोट व्यापार बढ्दो, एक वर्षमा साढे ३२ अर्बको कारोबार

सूर्य नेपालले सेयरधनीलाई आकर्षक लाभांश दिँदै आएको छ। यद्यपि, पछिल्ला तीन वर्षदेखि सूर्य नेपालले लाभांश सार्वजनिक गरेको छैन्। सन् २०२२ मा सूर्य नेपालले १० अर्ब ४३ करोड ३० लाख रुपैयाँ लाभांश...
bab_al
विदेश

मध्यपूर्वमा सैन्य तनावले तेल बजार प्रभावित, विश्व अर्थतन्त्र जोखिममा पर्ने चेतावनी

अन्तरर्राष्ट्रिय बेन्चमार्क मानिने ब्रेन्ट क्रुडको मूल्य कारोबारका क्रममा केही समय प्रतिब्यारेल ९५ डलरभन्दा माथि पुगे पनि पछि केही घटेको थियो।
elon_musk
प्रविधि

अबको १० वर्षमा पैसाको कुनै महत्त्व रहन्न: एलन मस्क

–सन् २०३६ मा पैसाको कुनै महत्त्व हुनेछैन। यो भनाइ हो विश्वकै सबैभन्दा धनी व्यक्तिमध्येका एक एलन मस्कको। उनले हालै 'द इकोनोमिस्ट'को पोडकास्टमा यस्तो बताएका हुन्। ज्यानी मिन्टन बेडोजसँगको पोडकास्टमा...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना