काठमाडौँ- नयाँबानेश्वर चोक आसपास हुने जाम कम गर्न होल्डिङ जोन बनाउने तयारी थालिएको छ। नयाँ बानेश्वरमा दायाँतर्फ मोडिने सवारी साधनको असहजतालाई दृष्टिगत गरी होल्डिङ जोन बनाउने तयारी थालिएको हो। यो योजना परीक्षणको तयारी भएको छ। यसका लागि चोकलाई सुधार गर्न थालिएको हो।
सडक विभागका अनुसार माइतीघर–तीनकुने सडकखण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शङ्खमूलतर्फ जाने क्रममा नयाँ जाम नहोस् भन्ने उद्देश्यसहित ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माणको तयारी थालिएको हो।
जापानी सहयोग नियोग (जाइका)को सहयोगमा होल्डिङ जोन बनाउन सडकका दुवै तर्फका रुख काटिएको छ। दिउँसोको समयमा सडक व्यस्त हुने भएकोले रातिको समयमा निर्माण कार्य भइरहेको सडक विभागले जानकारी दिएको छ। सेप्टेम्बर अन्त्यसम्ममा होल्डिङ जोन बनाइसक्ने तयारी छ।










