काठमाडौं–राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षाको समय तालिका बदलेको छ। बोर्डले सूचना जारी गर्दै राष्ट्रिय परीक्षा ६–७ असोजमा सञ्चालन हुने भनिएको कक्षा १२ को पूरक परीक्षा ९–१० असोजलाई सारिएको बताएको हो।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ। परीक्षामा सहभागी हुन चाहनेहरूले २२ भदौभित्र परीक्षा शुल्क बुझाउनुपर्ने सूचनामा उल्लेख छ। ९ असोजमा अनिवार्य अंग्र्रेजी (००४१) र एक विषयमा मात्र परीक्षा दिने परीक्षार्थीले जुनै विषयको परीक्षा दिन पाउनेछन्।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको सानो कोड नम्बर भएको विषय तर अनिवार्य अंग्र्रेजी र अनिवार्य नेपाली दुवै विषयमा ग्रेडवृद्धि परीक्षामा सहभागी हुने परीक्षार्थीले पहिलो दिन अनिवार्य अंग्र्रेजी (००४१) र दोस्रो दिन अनिवार्य नेपाली ( ००२१) विषयको परीक्षा दिनुपर्ने बताइएको छ।
दुई विषयमा परीक्षा दिने परीक्षार्थीका लागि आफूले परीक्षा दिने विषयमध्येको ठूलो कोड नम्बर भएको विषयको परीक्षा दिन पाइने बोर्डले जनाएको छ। यो परीक्षा १० असोजमा हुनेछ।


