२०८३ कार्तिक ११ गते मङ्गलबार

अख्तियारका पूर्वआयुक्त पाठक भ्रष्टाचार उद्योगमा दोषी

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत १५
raj narayan pathak

काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठक भ्रष्टाचार उद्योगको कसुरमा दोषी ठहर भएका छन्। नेपाल इञ्जिनियरिङ कलेजको विवाद मिलाइदिन ७८ लाख रुपैयाँ घुस लिएको आरोप लागेका पाठकलाई विशेष अदालतले ‘घुस खाने उद्योग’ (घुस खाने प्रयास गरेको तर घुस भने नखाएको) कसुरमा दोषी ठहर गरेको हो।

विशेष अदालतका अध्यक्ष श्रीकान्त पौडेल, सदस्यद्वय यमुना भट्टराई र बलभद्र बाँस्तोलाको संयुक्त इजलासले पाठकले ‘घुस खान खोजेको तर खान भने नपाएको’ व्याख्या गरेको छ। यस्तै व्याख्या घुस दिने पक्ष नेपाल इन्जिनियरिङ कलेजका लम्बोदर न्यौपानेका हकमा पनि गरिएको छ। घुस लिने वा दिनवे उद्योग मात्र गरेको तर घुस भने नदिएको भन्दै दुवैलाई विशेषले भ्रष्टाचारको कसुरबाट उन्मुक्ति दिँदै भ्रष्टाचार उद्योगमा मात्र दोषी ठहर गरेको हो।

यसरी अपराध उद्योग गरेको तर अपराध भने हुन नपाएको अवस्थामा आधा सजाय मात्र प्रावधान छ। त्यसैले उनीहरू दुवैविरुद्ध ३९ लाख रुपैयाँ जरिवाना मात्रै असुल्न विशेषले आदेश गरेको छ। पूर्वआयुक्त पाठकले घुस खान खोजेको र न्यौपानेलाई घुस दिन खोजेको कसुरमा ३/३ वर्ष कैद सजायको फैसलासमेत भएको छ। अख्तियारको आयुक्त विशिष्ट पद भएकाले त्यसमा आसीन भएका कारण उनीमाथि थप ३ महिना कैद हुनेसमेत फैसलामा भनिएको छ।

न्यौपानेले दिएको घुस रकम दुई पटकमा पाठकलाई बुझाइएको थियो। घुस रकम दिने ज्ञानेन्द्र झाले पुर्‍याइदिएका थिए। त्यसको भिडियो ध्वजमान मोक्तानले खिचेका थिए। आफूहरूले ७८ लाख रकम दिएको बयान दुवैले दिएका छन्। तर अदालतले भने यसमा अनदेखा गरेको छ।

अख्तियारको अनुसन्धानले भने पाठकले घुस लिइसकेको तर फिर्ता गर्न नमान्दा भिडियो बाहिर लिक भएको निष्कर्ष निकालेको थियो। ‘घुस रकम लिने दिनेसम्मको कार्य सम्पन्न हुन नपाएको हुँदा भ्रष्टाचारको उद्योगमा कसुर गरेको देखिन आयो,’ फैसलामा उल्लेख छ।

लम्बोदर न्यौपानेले भक्पुरस्थित नेपाल इञ्जिनियरिङ कलेजको सम्पत्ति निजी बनाउन खोजेका थिए। कलेज अध्यक्ष लम्बोदर न्यौपानेले सरकारी सम्पत्ति कलेजको नाममा बनाएको र कलेजको सम्पत्ति आफ्नो नाममा बनाउन अख्तियार दुरुपयोग गरेको विषयमा आयोगले अनुसन्धान गरेको थियो। उनीहरूबीच एक करोड ५० लाख रुपैयाँमा डिल भएको थियो। ७८ लाख बुझाएपनि बाँकी रकम काम सम्पन्न भएपछि बुझाउने कबुल थियो।

प्रकाशित: २०७९ चैत १५ गते बुधबार ०८:११
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना