काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिरमा भगवान् श्रीकृष्णको पूजा गरेका छन्। प्रत्येक वर्ष भाद्र कृष्णाष्टमीमा राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा गर्ने परम्परा छ।
सो अवसरमा राष्ट्रपति पौडेलले मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गरेका थिए।
राष्ट्रपति पौडेललाई ललितपुर क्षेत्र नम्बर १ का सांसद उदयशमशेर राणा, ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जन र महानगरपालिकाका उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गरेका थिए।





