काठमाडौं– काठमाडौं महानगर–१६ का वडाध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणका कारण निधन भएको छ। आज बिहान ग्रान्डी अस्पतालमा उपचारका क्रममा रिजालको महानगरले पुष्टि गरेको हो।
रिजाल गत स्थानीय तह निर्वाचनमा कांग्रेसबाट निर्वाचित हुन्। स्व. रिजाल कांग्रेस काठमाडौं–७ का क्षेत्रीय सभापतिसमेत हुन्। रिजाल डेंगु संक्रमित भएपछि पाँच दिनअघि ग्रान्डी अस्पतालमा उपचारार्थ भर्ना भएका थिए।
फोक्सोमा पानी जमेको र निमोनियाको समस्या देखिएपछि भेन्टिलेटरमा राखेर वडाध्यक्ष रिजालको उपचार भइरहेको थियो। महानगरले राष्ट्रिय सभागृहमा बिहान ११ बजे रिजालको शवमा अन्तिम श्रद्धाञ्जली अर्पण गर्न कार्यक्रम राखेको छ।


